नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बिक्री खुला

काडमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ निष्कासन गरिएको छ । प्रतिकित्ता एक सय रुपैयाँका दरले एक करोड ६० लाख कित्ता मंगलबार जारी गरेको हो । कम्पनीको कुल पुँजी १० अर्वको १६५ले हुन आउने रकममा १ अर्व ६० करोड रुपैयाँ शेयर निष्कासन गरेको हो ।
जसमा ७३ हजार ५ सय कित्ता कर्मचारीलाई र ५५ का दरले ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।
आरबीबी मर्चेन्ट बैकिंङले बिक्री प्रबन्धकको काम गर्ने छ भने छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गते बन्द हुने छ ।