रिलायन्स फाइनान्स र लायन्स क्लवले दियो १ सय थान पिपिई र सेनिटाइजर « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

रिलायन्स फाइनान्स र लायन्स क्लवले दियो १ सय थान पिपिई र सेनिटाइजर



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को संयुक्त पहलमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्न ८ सय थान सेनिटाइजर र १ सय थान पिपिई वितरण गरेको छ ।

हिजो रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ को एक टोलिले ह्याण्ड सेनिटाइजर, पिपिई सेट, सिटामोल, माक्सलगायतको सामाग्री वितरण गरेको रिलायनन्स फाइनान्सका सिईओ अनिल श्रेष्ठले बताए ।
सामाग्री स्थानिय लाएन्स कल्वमार्फत सरकारले बनाएको डेडिकेटेड कोरोना अस्पताललाई वितरण हुनेछ । टोलिले हेटौडा, विरगंज, चितवन, नवलपुर, बुटवल र भैरहवामा सो सामाग्री वितरण गरेको सिईओ श्रेष्ठले बताए ।

रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनलको डिष्ट्रिक ३२५ बी २ ले दाङ, नेपालगंज, सुर्खेत र धनगढीमा पिपिइ, सेनिटाइजर, माक्स र औषधी पठाउने तयारी गरेको छ । भुकम्पको बेलामा पनि विषेस खटिएको रिलायन्स फाइनान्स लिमिटेड र लायन्स क्लव इन्टरनेसनलको संयुक्त साझेदारीमा विभिन्न सामाजीक काम हुँदै आएको डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गभर्नर लायन अनुप पहारीले बताए ।

अनिल श्रेष्ठ विपत्तीको बेलामा डर त्रास नलिई नियमित समाजसेवामा खटिने व्यक्ति हुन । श्रेष्ठकै पहलमा फाइनान्सले बेलाबखत रगत संकलन गरिरहने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्