आइपुग्यो छिमेकी चिनबाट मेडिसिन समाग्री, आजै ७ प्रदेशमा पुर्याइने « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

आइपुग्यो छिमेकी चिनबाट मेडिसिन समाग्री, आजै ७ प्रदेशमा पुर्याइने



काठमाडों । छिमेकी चिन सरकारले दिएको औषधी तथा मेडिकल उपकरण नेपाल आइपुगेको छ । हिजो दिउसो सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जाहाज चिनतर्फ उडेको थियो । सो जाहाजले आवश्यक मेडिकल उपकरण र औषधी लिएर आइतबार विहानै नेपाल आएको हो ।

आजै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैंठक बसेर सामाग्री प्रदेश सरकारको अनुगमनमा रहनेगरी पठाइने तयारी भैरहेको छ । स्वास्थ्य मन्त्रालयको अगुवाइमा चिनबाट ल्याएका सामग्रीहरु सबै प्रदेशमा वितरणको तयारी भैरहेको छ । आज ७ ओटै प्रदेशमा सेनाको हेलिकप्टरबाट सामाग्री वितरण हुने स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट आज आइतबार विहानै नेपाल आइपुगेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री ल्याइएको हो । नेपाल एयरलाइन्सले ती सामग्री लिन चिनको ग्वाङ्झाओ गएको थियो ।


प्रतिक्रिया दिनुहोस्