किन रोक्यो सरकारले महंगा गाडी र मदिरा आयात ? « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

किन रोक्यो सरकारले महंगा गाडी र मदिरा आयात ?



काठमाडौं । सरकारले कोभिड १९ का कारण मुलुकको अर्थतन्त्र प्रभावित भैरहेको बेला महंगा गाडी, रक्सी लगायत विलासिकताका बस्तुको आयातमा रोक लगाएको छ ।

सरकारले यसिअघिनै विलासिकताका बस्तुको आयातमा रोक लगाउने निर्णयलाई कार्यन्वयनमा ल्याएको हो । सरकारले कोभिड १९ कोरोना भाइसरका कारण देशको अर्थतन्त्रमा जर्जर भैरहेको बेला ६० लाख नेपाली मुल्यभन्दा माथीका सवारी आयातमा रोक लगाउने निर्णय गरेको छ ।

त्यसैगरी विदेशी मदिरा, सुपारी, काजुलगायत सामाग्रीको आयातमा पनि रोक लगाएको अर्थमन्त्री डा युवाराज खतिवडाले बताए । आइतबार बसेको मन्त्रीपरिषद बैठकले यी बस्तुको आयातमा रोक लगाउने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्