मासुमा कालोवजारी गरेको भन्दै २ लाख जरिवाना « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

मासुमा कालोवजारी गरेको भन्दै २ लाख जरिवाना



काठमाडौं । बढी मूल्य लिने मासु पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा दुई पसललाई कारबाही गरेको छ । बत्तिसपुतलीमा सञ्चालित मुस्कान मासु पसल र कालोपुलमा रहेको दिप स्टोरलाई कारवाही गरिएका हो ।

अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ क बमोजिम अनुचित व्यापारिक क्रियाकलापअनुसार कसूर गरेकोले ३१ (१) अनुसार २ लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दिपक पोख्रेलले जानकारी दिए । त्यस्तै अनुसार कालोपुलमा रहेको दिप स्टोरमा अनुगमनका क्रममा असहयोग गरेको भन्दै ५ हजार जरिबाना तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्