‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक « Arthapath.com
२७ जेष्ठ २०७७, मंगलवार

‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक



हामीलाई विश्वास छ हरेक नेपाली बीचको एकता नै हाम्रो देशको अहम शक्ति हो । यसै विषयलाई आधार मानी यस कोभिड १९ को महामारीबाट मुक्त्त हुन र सुरक्षित जीवनयापनको लागि निर्माण केडिया अर्गनाईजेसनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको “आवाज एकताको” सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक गरिएको छ । जस्तै हर विषम परिस्थितिलाई हामीले उर्जा बनाउदैँ हरेक सम्बन्धलाई बचाउन सिकेका छौँ । यस संम्बेदनसिल घडीमा सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेसन र वृज सिमेन्टद्घारा यो सिर्जनामुलक सांगितीक भिडियो सन्देश मार्फत चेतना जगाउन प्रयास गरिएको छ यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन , संयोजन एवं निर्माण कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.ले गरेको हो ।

शब्दबाट ब्यक्त हुन नसकेको कुराहरु पनि यस “आवाज एकताको” झल्किने सांगितिक भिडियोले सम्र्पुण मा एकताको संचार गर्ने छ भन्ने हाम्रो विश्वाश छ ।
गीतमा रचना तथा निर्देशन रवि श्रेष्ठको रहेको छ। रवि श्रेष्ठकै संगीत रहेको यस गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, दीपाश्री निरौला, रामकृष्ण ढकाल, संगीतकार आलोक श्री, कलाकरहरु केदार घिमिरे, जीतु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुश्का श्रेष्ठ, संजोक बश्याल, जिवन पराजुली, विजय बश्याल केडिया अर्गनाईजेसनका प्रबन्ध निर्देशक मनोज केडिया लगायतको अभिनय रहेको छ ।
सम्पुर्ण नेपालीहरूमा समर्पित यो “आवाज एकताको” गीत यूट्यूबमा हेर्न लिंकमा क्लिक गर्नुहोस् ।

https://bit.ly/AnthemUnity


प्रतिक्रिया दिनुहोस्