सार्वजनिक यातायात चलाउन सक्दैनौ : यातायात व्यावसायी « Arthapath.com
२६ असार २०७७, शुक्रबार

सार्वजनिक यातायात चलाउन सक्दैनौ : यातायात व्यावसायी



काठमाडौं । कोरोनाका कारण बन्द रहेको सार्वजनिक यातायात अझै बन्द रहने भएको छ । शुक्रबार बसेको नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघको बैंठकले सार्वजनिक यातायात संचालन गर्न नसकिने जवाफ सरकारलाई दिएको छ ।

शुक्रबार महासंघका अध्यक्ष योगेन्द्रथाथ कर्माचार्यको अध्यक्षतामा बसेको बैठकले सरकारले बिहिबार गरेको निर्णय अनुसार सार्वजनिय यातायात संचालन गर्न नसकिने जनाएको छ । ११० दिनदेखी सार्वजनिक यातायात बन्द छ । यही अवस्थामा यातायात संचालन हुँदैन, सार्वजनिक यातायात संचालनमा सरकारले व्यावसायीले राखेका मागमा संबोधन नगरेकाले व्यावसायीले गाडी नचलाउने निर्णय भएको महासंघका उपमहासचिव रवि रिमालले बताए ।

व्यावसायीले बैंक वित्तिय संस्थाले किस्ता तिर्न ताकेता गरेको र सरकारले यातायात व्यावसायीलाई पुर्नकर्जाको व्यावस्था नगरेकोले व्यावसायी मारमा परेकाले यातायात संचालन गर्न नसकिने निर्णय भएको रिमालले बताए ।


प्रतिक्रिया दिनुहोस्