कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको तत्काल संबोधन गर्ने : ओली « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको तत्काल संबोधन गर्ने : ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई निर्देशन दिएका छन्।

आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने भन्दै त्यसतर्फ सक्रियता देखाउन पनि आग्रह गरे।

छलफलमा प्रा डा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सरोजप्रसाद ओझा, प्रा डा दिव्यासिह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरु सरिक थिए।

उनीहरुले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका थिए।


प्रतिक्रिया दिनुहोस्