स्थायी समितिमा आफ्ना कुरा राखेर किन बाहिरिए प्रधानमन्त्री ओली « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

स्थायी समितिमा आफ्ना कुरा राखेर किन बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौं । आज बसेको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली ले आफ्ना कुरा राखेर बैठकबाट बाहिरिएका छन ।

आजै सक्नेगरी बसेको नेकपा स्थायी समितिको बैठक बाँकि हुँदै ओली निस्केका छन । लामो समयदेखी प्रधानमन्त्री ओली विरुद्ध स्थायी समितका बहुमत सदस्यले राजिनामा माग्दै आएका थिए ।

कार्यदलको प्रतिवेदनमा दुई अध्यक्ष्विच सहमती भैसकेकाले प्रधानमन्त्री ओली बैठक उद्घाटन गरेर बाहिरएका छन । अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारीको भुमिका दिएपछि ओलीले पार्टीका अन्य स्थायी समितिका नेताहरुले प्रधानमन्त्रीको स्वेच्छाचारिताबारे प्रश्न उठाउने भएपछि ओली शाहिरिएका हुन ।

आजको स्थायी समिति बैठकमा रघुजि पन्त, युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुषाललगायतले ओली विरुद्ध आफ्नो मुखको तितो फाल्ने भएपछि ओली बाहिरिएका हुन ।

प्रधानमन्त्री निवासमा शुक्रबार सुरु भएको बैठकमा ओलीले दुई अध्यक्षले तयार पारेको प्रस्तावका बारेमा आफ्ना धारणा राखेपछि उनी बाहिर आएका हुन् । ओलीले २० मिनेट आफ्ना धारणा राखेपछि बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष दाहाललाई दिएर बाहिरिएको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्