विद्यालय र विद्यार्थीलाई निस्शुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गदै शिक्षा मन्त्रालय « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

विद्यालय र विद्यार्थीलाई निस्शुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गदै शिक्षा मन्त्रालय



काठमाडौं । कोरोना महामारी संगै गत चैतदेखि विधालय जान नपाएका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारीे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।

मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निस्शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई निस्शुल्क उपलब्ध गराउन लागेको जनाएको छ ।

नोभल कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको छ । पठनपाठनलाई सहज होस भनेर मन्त्रालयले इन्टरनेट उपलब्ध गराउन लागेको जनाएको छ ।

हालै मन्त्रालयले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा पनी मन्त्रालयको भूमिमा इन्टरनेट निस्शुल्क उपलब्ध गराउने उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्