बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो



काठमाडौं । बंगलादेशले कोभिड १९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ ५ हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी बताए ।

सहायकरथी आशिषनरसिँह राणाका नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्