कोरोनाका कारण रोकिएको परिक्षा लोक सेवाले दशै लगतै लिने,नयाँ तालिका सार्वजनिक

काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण लोक सेवा आयोगले रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।
आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।
त्यस्तै व्यवस्थापिका संसदतर्फ आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।
त्यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने भएको छ ।