प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने चेतावनी « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

प्रहरी पोशाकको दुरुपयोग गरे कारबाही गर्ने चेतावनी



काठमाण्डौ । प्रहरी पोशाकको दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, साङ्गीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको एक सुचना जारी गदै जनाएको छ ।

कार्यालयले प्रहरी पोशाकको प्रयोग गर्नुअघि प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाएर स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

कार्यलयले निकालेको सुचनामा स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ । यस किसिमका कुनै पनि कार्य भएरगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले बताए ।


प्रतिक्रिया दिनुहोस्