दशैँ विदामा पनि कोरोना परिक्षण नरोकिने « Arthapath.com
३ कार्तिक २०७७, सोमबार

दशैँ विदामा पनि कोरोना परिक्षण नरोकिने



काठमाडौं । दशैँ विदा भयो, कोरोनाको परिक्षण हुँदैनकी भनेर चिन्ता नलिनुहोस । कोरोनाको लक्षण देखिएर पनि परिक्षण गर्न नपाइएला की भन्ने रहेन अव । चितवनमा कोरोना परीक्षण दशैं बिदामा पनि नियमित हुने भएको छ ।

कोरोना भाइरस कोभिड संक्रमणको परिक्षण ल्याब चितवनमा बडा दशैंको बेलामा पनि नियमित हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनको हिजो बसेको जिल्लातरीय संकट व्यवथापन केन्द्रको बैठकले दशैंको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा आलोपालो ल्याबहरु खोलेर कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

दशैंका मुख्य दिन पनि कोरोना परिक्षणको ल्याब खुल्ने चितवन अस्पतालका प्रमुख दीपकबाबु तिवारी जानकारी दिए । अष्टमीको दिनमा भरतपुर अस्पतालको प्रयोगशाला, नवमीको दिन चितवन मेडिकल कलेजको प्रयोगशाला र दशैंको टीकाको दिन क्यान्सर अस्पतालको प्रयोगशाला सञ्चालन हुने छ ।


प्रतिक्रिया दिनुहोस्