लघुवित्तमा मर्जरको लहर सुरु, एक महिनामै १३ लघुवित्तको नाम मेटियो « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

लघुवित्तमा मर्जरको लहर सुरु, एक महिनामै १३ लघुवित्तको नाम मेटियो



राष्ट्र बैंकको मर्जर नितीमा साथ दिँदै तिब्र मर्जरतर्फ

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेको छ । गत एक महिनामा सूचीकृत भएका र नभएका गरी कल १३ वटा लघुवित्त वित्तीय संस्थाहरूले मर्जर तथा एक्वीजिसनमा जाने सम्झौता गरेका छन् ।

पछिल्लो एक महिनामा मर्जरमा जाने सम्झाता गरेका लघुवित्त कम्पनीहरूमा ७ वटा सचीकृत कम्पनी रहेका छन् भने बोकी ६ वटा सूचीकृत नभएका लघुवित्त कम्पनीहरू हुन् । राष्ट्र बैंकले तोकेको पुँजी पु¥याइसकेका लघवित्त कम्पनीहरू समतले यतिबला मर्जरलाई तिब्रता दिएका छन् । पछिल्लो समय मर्जरमा जाने सम्झौता गरेको ग्लोबल आइएमई लघुवित्तको पुँजी पहिले नै पुगिसकेको छ ।

लघुवित्तको हाल २६ करोड रुपैयाँ हाराहारी पुँजी रहेको छ । केन्द्रीय बैंकको नीतिअनुसार राष्ट्रियस्तरका लघुवित्तले १० करोड रुपैयाँ पुँजी कायम गर्नुपर्छ । पुँजी राष्ट्र बैंकले भनेभन्दा पनि बढी भए पनि लघुवित्तहरूको पुँजी राष्ट्र बैंकले पुनः बढाउने भन्दै मर्जरमा जान थालेका हुन् ।

ग्लोबल आइएमई लघुवित्तसँग मर्जरमा जाने स्पर्स लघुवित्तले पनि बोनस सेयर बाँडेर केन्द्रीय बैंकले भने अनुसारको पुँजी पु¥याउनसक्ने अवस्थामा थियो । त्यस्तै, गत एक महिनामा विजय लघुवित्त र खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त र सृजनशिल लघुवित्त, आरम्भ चौतारी, सिवाइसि लघुवित्त र सालिग्राम लघुवित्त, समाज लघुवित्त र स्वस्तिक लघुवित्त, वोमी लघुवित्त र ग्रामिण स्वयम्सेवक लघुवित्तले मर्जर तथा एक्विजिसनमा जाने सम्झौता गरेका छन् ।

यीमध्ये सूचीकृत भएका अधिकांश लघुवित्तले राष्ट्र बैंकले भनेअनुसारको पुँजी पु¥याइसकेका छन् । सेयर कारोबार रोकियो मर्जरका कारण एक दर्जन बढी लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । लघुवित्त वित्तीय संस्थाहरूले मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्जले ती लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । अब यी लघुवित्तको मर्जर प्रक्रिया सकिएपछिमात्र दोस्रो बजारमा सेयर कारोबार गर्न पाइनेछ ।

लघुवित्त कम्पनीहरूमा मर्जरमा जाने क्रम बढ्दो छ । मर्जरमा गएका लघुवित्तहरूको सेयर कारोबार गर्न नपाइने हुँदा लघुवित्त कम्पनीहरूले मर्जर सम्झौता गरेपश्चात् महिनौसम्म लगानीकर्ताको सम्पति बन्धक हुने गरेको छ । हाल दोस्रो बजारमा सूचीकृत वोमी माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त,
स्वदेशी लघुवित्त, नेपाल एग्रो लघुवित्त, महुलि सामुदायिक लघुवित्त, आँधिखोला लघुवित्त, समाज लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मिर्मिरे लघुवित्त, स्पर्स लघुवित्त, समिट लघुवित्त, नागबेली लघुवित्तलगायतको सेयर कारोबार रोक्का अवस्थामा रहेको छ ।

२५ लघुवित्त मर्जर प्रक्रियामा हाल २५ वटा लघुवित्त वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेका लघुवित्तहरूमध्ये झन्डै ५० प्रतिशत लघुवित्त सर्वसाधारणमा आईपीओ जारी नगरेका लघुवित्त कम्पनीहरू
रहेका छन् । हाल मर्जरमा रहेका यी सबै लघुवित्त कम्पनीहरूको मर्जर सफल भएमा लघुवित्त कम्पनीहरूको संख्या ६५ वटा भन्दा तल झर्नेछ । हाल ८४ वटा लघुवित्त कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

मर्जरका लागि छलफल तिब्र लघुवित्त कम्पनीहरूले मर्जर तथा एक्विजिसनको लागि छलफल तिब्र पारेका छन् । राष्ट्रियस्तरका र राष्ट्रियस्तरमा स्तरोन्नति हुन नसकेका अन्य लघुवित्त वित्तीय संस्थाहरूले समेत मर्जरमा जान छलफल तिब्र पारेका छन् । कतिपय लघुवित्तले मर्जर कमिटी नै गठन गरेर छलफल अघि बढाएका छन् ।

अहिले हरेकजसो लघुवित्तले मर्जरको लागी अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग छलफल गरिरहेका छन् । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरूलाई मर्ज गराएर ३० देखि ३५ वटामा झार्ने लक्ष्य लिएको थियो । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा चलेको मर्जरको लहरले उक्त लक्ष्य चाडैँनै पुरा हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्