कोरोनाले हुण्डीहुँदा ११.२ प्रतिसतले बढ्यो रेमिट्यान्स, ४ महिनामा, ३ खर्व ३७ अर्व भित्रियो « Arthapath.com
६ पुष २०७७, सोमबार

कोरोनाले हुण्डीहुँदा ११.२ प्रतिसतले बढ्यो रेमिट्यान्स, ४ महिनामा, ३ खर्व ३७ अर्व भित्रियो



काठमाडौं । कोरोनाको कारण धेरैको रोजगारी गुम्दापनि रेमिट्यान्स आयातामा भने बढोत्तरी भएको छ । चालु आबको पहिलो चौमासमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३३७ अर्ब ७२ करोड पुगेको छ ।

अघिल्लो आवको सोही विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । गतवर्षभन्दा विश्वमै कोरोनाले अर्थतन्त्र डावाडोल भएको छ । यस्तो अवस्थामासमेत रेमिट्यान्स बढ्नुले विगतमा नेपालमा धेरै रकम हुण्डीमार्फत भित्रिने गरेको जानकारहरु बताउँछन ।

नेपाल राष्ट्र बैंककले आज सार्वजनिक गरेको पछिल्लो चौमासको तथ्यांक अनुसार रोजगारीको लागी विदेश जानेहरुको संख्यामा पनि भारी गिरावट आएको छ । अहिले नेपालमा बैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएको छ । पछिल्लो ४ महिनामा १९२५१ रहेको छ । अघिल्लो आवको सोही अवधीमा २५९३१ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्