संसद विघटनविरुद्ध नेकपाले सुरु गर्यो प्रदर्शन, प्रचण्ड–नेपाल सहभागी « Arthapath.com
१० पुष २०७७, शुक्रबार

संसद विघटनविरुद्ध नेकपाले सुरु गर्यो प्रदर्शन, प्रचण्ड–नेपाल सहभागी



काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले माइतीघरबाट प्रदर्शन सुरु गरेको छ ।

प्रदर्शनमा प्रचण्ड–नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरुले ‘हामी यहीँ छौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका छन ।

आजै नेकपा प्रचण्ड–नेपाल समुहले आज २ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्