मौद्रिक नितीले सेयर कर्जामा भएन हेरफेर, गभर्नर अधिकारीले ‘भने हल्लाको पछि नलाग्नुहोस्’ « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

मौद्रिक नितीले सेयर कर्जामा भएन हेरफेर, गभर्नर अधिकारीले ‘भने हल्लाको पछि नलाग्नुहोस्’



काठमाडौं । आइतबार सेयर बजारमा पहिरो नै गयो । राष्ट्र बैंकले यसै साता मौद्रिक नितीको अर्धवार्षिक समिक्षा गर्ने र त्यसबाट अहिले बैंकहरुले सेयर बजारमा गरिरहेको मार्जिक कर्जा घटाउने चर्चा चलेको थियो ।

त्यसैले आइतबार सेयर बजार वेस्सरी घट्यो । सेयर बजारमा पहिरो गएपछि गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नितीको समिक्षामा सेयर बजारलाई प्रभाव पर्ने कुनै निती ल्याएनन् ।

यसले सेयर बजारका लगानीकर्ताले थप राहातको महशुस गर्नेछन । मौद्रिक नितीको समिक्षामा बोल्दै गभर्नर अधिकारीले भने ‘सेयर बजारमा कसैले कमायो भनेर हामीले रिस डाहा गर्नु हुँदैन ।’

आइतबार साँझ भर्चुअल माध्यामबाट मौद्रिक नितीको समिक्षामा बोल्दै गभर्नर अधिकारीले भने ‘बजारमा आउने अनेक हल्लाको पछि नलाग्न लगानीकर्तालाई आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्