नेकपा पार्टीको नाममा ओली र प्रचण्डको दावी नलाग्ने, अव एमाले–माओवादी पार्टी व्यूतिएला ? « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

नेकपा पार्टीको नाममा ओली र प्रचण्डको दावी नलाग्ने, अव एमाले–माओवादी पार्टी व्यूतिएला ?



काठमाडौं । सर्वोच्च आदातलले नेकपा पार्टी आधिकारीकताको विवाद समाधान गरिदिएको छ । ३ जेठ २०७५ पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समुहको दावी अश्विकार गरिदिएको छ ।

निर्वाचन आयोगले दर्ता गरेको ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीको नाम नपाउने भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बने्को पार्टीको नाम खरेज गरिदिएपनि नेकपाको आधिकारीकता विवाद समाप्त भएको छ ।

अव छुट्टाछुट्टै पार्टीको नामबाट निर्वाचन लडेका एमाले र माओवादी पुर्ववत पार्टीमै फर्कने वा अन्य नयाँ पार्टी गठन गर्नुपर्ने भएको छ । आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपाको आधिकारीक विवाद सकिएको हो ।

पार्टी एकता भएको ३ वर्षपछि ओली र प्रचण्ड–माधव समुह पार्टी विहिन बनेका छन । सवोच्च अदातलले नेकपाको पार्टीको नाम ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपालाई नै आधिकारकिता दिएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्