बुधबार २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको ज्यान गयो « Arthapath.com
२ असार २०७८, बुधबार

बुधबार २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको ज्यान गयो



काठमाडौं । आज बुधबार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन । भने वितेको २४ घण्टामा थप ५२ जनाको कोरोना संक्रमणबाट मुक्त भएका छन ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । त्यसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस्