सेयर बजारप्रति अर्थमन्त्री पौडेलको चासो, बजार प्रभावित हुने काम नगर्न धितोपत्र बोर्डलाई निर्देशन « Arthapath.com
८ असार २०७८, मंगलवार

सेयर बजारप्रति अर्थमन्त्री पौडेलको चासो, बजार प्रभावित हुने काम नगर्न धितोपत्र बोर्डलाई निर्देशन



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयरबजारप्रति चासो राखेका छन । मन्त्री पौडेलले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानासंग भेटेर बजारको वर्तमान अवस्थाबारेमा जानकारी लिएका छन ।

सोमबार सेयर बजारमा परिो गएपछि अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानालाई मन्त्रालयमै डाकेर कुराकानी गरेका थिए । मन्त्री पौडेलले सेयर बजार आफ्नै गतीमा चलोस बजारलाई कुनै प्रभावित पार्ने काम नहोस भन्ने सन्देश दिएका छन ।

अर्थमन्त्रीसंग भेट भएको स्वीकार गर्दे अध्यक्ष ढुङ्गानाले भने ‘अर्थमन्त्रीज्यू बजारप्रति असाध्यै सकारात्मक भएको पाएँ ।’ मन्त्री पौडेलले धितोपत्र बोर्डलाई बजार प्रभावित पार्ने काम नगर्न निर्देशन दिएका छन ।

बोर्डले ५१ वटा कम्पनीमा लगानी गर्न जोखिम रहेको सुचि प्रकाशित गरेपछि सोमबार सेयर बजारमा पहिरो गएको थियो । बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको सूची प्रकाशन गर्ने काम अर्थमन्त्रालयसंगको समन्वयमै भएको भएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्