कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान “धन्यबाद”, स्वस्तिमा बनिन ब्रान्ड एम्बेसडर « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान “धन्यबाद”, स्वस्तिमा बनिन ब्रान्ड एम्बेसडर



काठमाडौं । कोका–कोलाले यसपालिको दसैं अभियान “धन्यबाद” शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय भनेको कोरोना महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका व्यक्तिहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद प्रकट गर्नु हो ।

कोका–कोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ, जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मीहरु रहेका छन् । ‘नियमित कोकका लेबलहरुलाई यस दशैंको पावन अवसरमा धन्यवाद लेखिएको लेबलले साँटिएको छ, जसलाई हामीले हाम्रो जीवनमा फरक पारेको समपर्णको रुपमा लिएका छौ ।’

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ, जसलाई “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको छ ।

यो नयाँ अभियानको शुरुवात औपचारिक रुपमा बुधबार एक पत्रकार सम्मेलनमा गरिएको थियो । जहाँ लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको छ । त्यही बेला नयाँ कोका–कोलाको दशैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

अभियानको बारेमा बोल्दै, कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “कोका–कोलाले यस पालिको दशैँ चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गर्नु भएका परिवारको सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउँन प्रेरित गरेको छ । यसका साथै अग्रपंक्तिमा कार्यरत रहेका श्रमिकहरुलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र हामीलाई बितेको बर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाँधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञा प्रदान गर्दै हामी यसपालिको दशैँलाई रमाएर मनाउँने छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, “हामी खुशी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौं ं। यो दशैलाई अझ यादगार बनाउनको लागी प्रोत्साहित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्