साताको अन्तिम दिन ३२ अङ्कले घट्यो नेप्से, कारोबार रकम ३ अर्बमा खुम्चियो

काठमाडौँ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार ३२.५१ अङ्कले घटेको छ । निरन्तर घटिरहेको शेयर बजार हिजो करिब ५१ अङ्कले बढेको थियो । आज अन्तिम दिन फेरी बजार ३२.५२ अङ्कले ओरालो लागेको छ ।
आज नेप्से ३२.५१ अङ्कले घटेर परिसूचक २६३३.४२ अं कमा पुगेर बन्द भएको हो । आज दिनभर २ सय २५ कम्पनिको ७३ करोड २१ लाख कित्ता शेयर ४९ हजार ८ सय ३५ पटक कारोबार हुँदा ३ अर्ब ७ करोड २९ लाख ५ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आज व्यापार, अन्य र म्यचुअल फन्ड बाहेक सबै समूह राताम्मे भएको छ । आज व्यापार समूह ११८.१३, अन्य समूह ४ र म्अचुअल फन्ड ०.०३ अङ्कले बढेको छ । यस दिन सबैभन्दा बढी विकास बैङ्क समूहका लगानीकर्ताले गुमाएका छन् । विकास बैङ्क समूह १५५,निर्जीवन बिमा समूह १०४,उत्पादन समूह १०२, जीवन बिमा समूह १०१, हाइड्रोपावर २, फाइनान्स ६८ अङ्कले घटेको छ ।
