सुनको भाउ ५ सयले घट्यो

काठमाडौँ । बुधवार सुनको मूल्य घटेको छ । यस दिन नेपाली बजारमा सुनको मूल्य ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ३ सय र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मङ्गलवार छापावाला सुन प्रतितोलाको ९२ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज पनि स्थीर रहँदै मङ्गलवारकै कारोबार मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
