अब चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सेवा « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

अब चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सेवा



चितवन । फाल्गुण २ गतदेखि चितवनमा पनि लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । २ बर्ष अघि राजधानी काठमाडौमा संचालनमा आए लगत्तै सो सेवा चितवनमा पनि बिस्तार गरीएको हो ।

काठमाडौबाट सुरु भएको लाटोकोशेरो सेवा अब चितवनको भरतपुर महानगरपालिका, सौराहा, खैरेनि, गैडाकोट लगाएतका बिभिन्न ठाउँहरुमा २४ सै घण्टा फुड डेलिभरि गर्ने हेतुका साथ संचालनमा ल्याईएको हो । विषेश गरि रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुराउने उदेश्य स्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो ।

उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जिवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने उदेश्य रहेको छ । रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिनेछ लाटोकोशेरो ले www.laatokosherofoods.com आफुलाई अरु भन्दा भिन्न रुपमा परिचित गराउन सुपथदर र छिटो सेवा दिने प्रतिबद्धता राखेको छ ।

लाटोकोशेरोले खाना खाजा बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अडर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com अथवा ९८५५०७९८९० र ९८०१२७९८९० मा अर्डर गर्न सकिन्छ ।

कोभिड तथा लकडाउनको समयमा लाटोकोसेरोले उपत्यकाको जुनसुखै ठाउँमा डेलिभरी गरी सबैको राम्रो प्रशंसा पाएको थियो । साथै अब छिट्ठै लाटोकोसेरोले पूर्वमा बिराटनगर, इटहरी, र पश्चिममा बुटवल भैरहवा, लगाएत देशका बिभिन्न ठाउँहरुमा आफ्नो सेवा बिस्तार गर्ने सोच रहेको यँहाका प्रबन्ध निर्देशक प्रज्ज्वल कुमार दाहालले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्