एकै दिन सुनको मूल्य १ हजार १ सय रुपैयाँ घट्यो

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।
बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।