सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूलय तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि विहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।