मेसिन सरसफाईका लागि पशुपति बिस्कुटको उत्पादन बन्द « Arthapath.com
१६ चैत्र २०७८, बुधबार

मेसिन सरसफाईका लागि पशुपति बिस्कुटको उत्पादन बन्द



काठमाडौं । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।

प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पारे ।

उनले आज जारी गरेको विज्ञप्तिमा सुनसरीको दुहबीमा वि.सं. २०३० सालबाट संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि’ मेसिनहरुको सरसफाई र केही स्टकहरु समेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्