सुन तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा आज १ हजार ५ सय रुपैयाले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।