सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्