सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्