चोरी र लुटपाटका घटना बढेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

चोरी र लुटपाटका घटना बढेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण



काठमाडौं । देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण जनाएको छ । यही बैशाख १२ गते सोमबार राती बुटवल उप–महानगर पालिकाको मध्यबजार अमरपथ विपि चोक वडा नं ६ स्थित दिलवहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा गंभिर चासो ब्यक्त गर्दै पुनः यस किसिमका घटना दोहोरिन नदिन गृह प्रशासनसँग माग गरेको हो ।

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेको छ । पिडितका अनुसार सो पसलवाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ । गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गरेको छ ।

सुनचाँदी ब्यवसाय आफैंमा संवेदनशील ब्यवसाय रहेको र यस ब्यवसायको क्षेत्रमा बारम्वार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ । हाल मुलुक नै निर्वाचनको माहौलमा होमिएका बेला चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्वद्ध निकायसँग महासंघ माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्