सुन चाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।