सुन एकैदिन १ हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १ हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।