सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजार आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्