बजेटले एक बोटलमै ३५ रुपैयाँले बढ्यो बियरको मूल्य, सरकार सस्तो रक्सी खुवाउन बाध्य बनाउँदै

काठमाडौँ । के तपाईँ बियरको पारखी हुनुहुन्छ रु बियर नियमित पिउने गर्नुभएको छ भने आर्थिक वर्ष २०७९÷०८० को बजेटले मूल्य बढाएको छ ।
विश्व बजारमै लोकप्रिय रहेको बियर नेपाली बजारमा पनि राम्रो खपत हुन्छ । नेपालमा जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गर्नुभएको बजेटले नेपालमै उत्पादन हुने बियरको मूल्य बढाइ दिएको छ । नेपालमा उत्पादित बियरमा लाग्दै आएको अन्तःशुल्कमा १५.१५ प्रतिसतले वृद्धि हुँदा बजारमा मूल्य बढेको हो ।
अहिले रक्सी उत्पादन गर्ने कम्पनीहरूले पत्रिका मार्फत धमाधम बढेको मूल्य सार्वजनिक गरिहरेका छन् । सरकारले बढाएका हल्का अल्कोहल भएको बियरमा १५.१५ प्रतिसतले अन्तःशुल्क बढाएपछि एक लिटरमै बियरको मूल्य ३० रुपैयाँले बढेको छ ।

बियर नर्मल ६५० एमएलको स्टार्डड बोटलमा प्याकिङ हुन्छ । लिटरमा ३० रुपैयाँले बढ्दा प्रतिबटल १९ रुपैयाँ ५० पैसाले बढ्न जान्छ । मूल्य बढेसंगै भ्याट, डिलर कमिसन, होलसेल कमिसन बढ्न जाँदा एक बोटल बियरमा ३० देखी ३५ रुपैयाँ बढ्ने अर्ना बियर उत्पादन गर्ने यती ब्रुअरीका अरुण केसीले बताए ।
सरकारले कम अल्कोहल भएको बियरको मूल्य बढाएकोमा व्यावसायीहरु रुष्ट बनेका छन् ।
देशको राजश्वमा २५ प्रतिसत हिस्सा राख्ने मदिरा क्षेत्रको मूल्य दिनदिनै अकासिदै गएपछि व्यावसायनै धरापमा पर्ने केसी बताउँछन् । सरकारले बढी अल्कोहल हुने रक्सी खाउ भन्न खोजेको जस्तो देखियो एक व्यवसायीले भने । जहाँ बढी अल्कोहल हुने रक्सीको १० प्रतिसत अन्तःशुल्क बढाउँदा बियरमा १५ प्रतिसतभन्दा बढी बढाएको छ ।
सरकारले कमसल खालको सस्तो रक्सी जसले स्वास्थ्यको लागी हानिकारक रक्सीको मूल्य भने बढाएको छैन । ५० रुपीभन्दा माथिका रक्सीमा भने करिब ५ प्रतिसत मात्रै बढाएको छ ।