सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कारोबार रकम कति? « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कारोबार रकम कति?



काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १८५ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्