सुन मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सुन मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । लगातार घटेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

बिहिबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्ल दिन भने प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा बजारमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्