इमाडोलमा सञ्चालनमा आयो साथीमार्ट « Arthapath.com
१ चैत्र २०७९, बुधबार

इमाडोलमा सञ्चालनमा आयो साथीमार्ट



काठमाडौं । साथीमार्टको ११९औं आउटलेट ललितपुरको इमाडोलमा सञ्चालनमा आएको छ ।

महालक्ष्मी नगरपालिका १ का वडाध्यक्ष छिरिङ लामाले आइतबार आउटलेटको उद्घाटन गरेका हुन् । इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याएका हुन् ।

उक्त मार्ट सात सय स्क्वायर फिटमा फैलिएको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध रहेको छ । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको छ ।

साथै,साथीमार्ट ओटुओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामानहरु अर्डर गरी घरैमा डेलिभरी लिन मिल्ने व्यवस्या रहेको छ । टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जानाकारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्