इटहरीमा कोरियन प्रविधिमा नपोली वातावरण मैत्री इँटा बन्ने « Arthapath.com
१ चैत्र २०७९, बुधबार

इटहरीमा कोरियन प्रविधिमा नपोली वातावरण मैत्री इँटा बन्ने



काठमाडौं । इटहरीमा कोरियन प्रविधिको आगोमा नपोली वातावरण मैत्री इँटा बन्ने भएको छ ।

दक्षिण कोरियन निर्माण जन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एनपी निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।

इटहरीमा रहेको एनपी निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने सामयोन सुकलिले बताए । इन्नोसीएसआरले हालै नेपाल को विभिन्न भागमा इट्टा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।

साम योन सुक लीले ‘ कोशी प्रदेशमा प्रदेश नम्बर १० रहेको एनपी निर्माण कम्पनीसँग भएको साझेदारी प्रति खुशी प्रकट गरेका छन् । गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनले बताए । ‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।

कोशी, बाग्मती र गण्डकी प्रदेश सहित नेपालभरि तिब्र गतिमा साझेदारीतथा उधोग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । साम येन सुक लीले भने, ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै सातवटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।

आगोमा नपोली वातावारण मैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफुहरु उत्साहित भएको एनपी निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।

इन्नोसीएसआर सन् २००८ मा स्थापित विस्वस्तरीय निर्माण सामाग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबूत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।

एनपी निर्माण सेवा वि.सं.२०७५ मा स्थापना भएको कम्पनी हो । कम्पनीको कम्पनीले इटहरी र आसपासका क्षेत्रमा निर्माण सामाग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्