फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । बिहीवार सुनको मूल्य महँगिएको छ । साताको पाँचौ कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात बुधवार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधवार तेजावी सुन १ लाख ७ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई १ हजार ३६० रुपैयाँ कायम भएको छ ।