सुनको मूल्य घट्यो, चाँदीको प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँमा करोबार भएको छ । शुक्रबार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, शुक्रबार स्थिर रहेको चाँदीको मूल्य आइतबार प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जानाकारी दिएको छ ।