कहिले बस्दैंछ जीवन विकास लघुवित्तको साधारण सभा ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

कहिले बस्दैंछ जीवन विकास लघुवित्तको साधारण सभा ?



काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको चौथो वार्षिक साधारण सभा बोलाएको छ । फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत ३० गते वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी, मोरङ्ग बस्ने आव्हान गरेको हो।

सभाले आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट चुक्तापूँजीको १४.२८५ प्रतिशतले बोनस सेयर र ०.७१४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने गर्ने, समझदारी पत्र मा हस्ताक्षर गर्ने, निजको पारिश्रमिक निर्धारण प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्