सुन तोलामा ८ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा हुदैंछ कारोबार ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा हुदैंछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा आज सुन मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । हिजो अर्थात चैत २२ गते इतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्