सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (बिहीबार) प्रतितोला १ लाख १० हजार हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको छ भने अघिल्लो दिन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ । आज प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्