सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको बजार भाउ « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको बजार भाउ



काठमाडौं । बिहीवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

साताको चौंथो कारोबार दिन अर्थात बुधवार १ लाख ९ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेर १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । बुधवार तेजावी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ लाख ४१५ रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्