भिभोले भी२७ सिरिज सार्वजनिक गर्दै, उत्कृष्ट क्यामेरा र आधुनिक डिजाइन

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्ट फोन ब्रान्ड भिभोले आफ्नो नवीनतम भी २७ सिरिजका स्मार्टफोनहरू भी २७ र भी २७ई छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
भी सिरिज अन्तर्गत, यो नयाँ भी २७ सिरिजले आकर्षक डिजाइन,शक्तिशाली प्रदर्शन र स्मार्ट फोनको अनुभव वृद्धिका गर्ने विशेष अपग्रेडहरु ल्याउनेछ । बहुप्रतिक्षित भी २७ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
भी २७ सिरिजका स्मार्ट फोनहरूले मोबाइल फोटो ग्राफीको संसारमा गेम–परिवर्तकको रूपमा काम गर्नेछ । साथै, अद्वितीय विशेषताहरू तथा उत्कृष्ट क्यामेराले प्रतिस्पर्धीहरूबाट यसलाई आकर्षक बनाउँछ । औरा लाइट पोर्ट«ेट प्रणाली एक आकर्षक विशेषता हो जसले एक्सपोजरलाई बढाउँछ र प्रयोगकर्ताहरूलाई कमप्रकाशको अवस्थामा पनि अद्भुत शटहरू खिच्न सक्षम बनाउँछ। यी विशेषताहरुले प्रयोगकर्ताहरूलाई कुनै पनि वातावरणमा रचनात्मक रूपमा विस्तृत विषयहरू सहित आकर्षक पोर्ट«ेट खिच्न सक्षम बनाउँछ ।
यसको कर्भ स्क्रिनले नयाँमानक प्रस्तुत गर्छ, र ठूलो डिस्प्ले ले स्ट्रिमिङ वा ब्राउजिङका लागि उपयुक्त बनाउँछ । भी २७ ई मा २.५डी स्क्रिनको साथमा १२० हर्ज एमोलेड डिस्प्ले यस उपकरणको सोभा बढाएको छ । यसको एमोलेड डिस्प्लेले जीवन्त र वास्तविक रङहरूको लागि परिवेश अनुसारको प्रकाशमा समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई इमर्सिभ र आकर्षक दृश्य अनुभव प्रदान गर्दछ ।
समग्रमा, भी२७फाइभजीको औरा लाइट पोर्टट प्रणाली तथा भी२७ई को १२० हर्जको कर्भ स्क्रिन र एमोलेड डिस्प्ले विशेषताहरुले स्मार्टफोन फोटोग्राफी र डिजाइनको लागि नयाँमान ककायम गर्नेछ । भी२७ सिरिजका साथ, प्रयोगकर्ताहरूले कार्यात्मक र व्यावहारिक मात्र नभएर दृश्यात्मक रुपमा पनि आकर्षक र उत्कृष्ट उपकरणको अपेक्षा गर्न सक्छन् । भी २७ फाइभजी र भी२७ई आधिकारिक रूपमा चाँडै नेपाली बजारमा उपलब्ध हुनेछ ।