सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य « Arthapath.com
८ श्रावण २०८०, सोमबार

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) छापावला सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्