लगातार चार दिनसम्म सुनको मूल्य स्थिर, चाँदीको भने घटबढ « Arthapath.com
११ भाद्र २०८०, सोमबार

लगातार चार दिनसम्म सुनको मूल्य स्थिर, चाँदीको भने घटबढ



काठमाडौं । सोमबार पनि सुनको मूल्य स्थिर छ । छापावाला सुनको अघिल्लो दिन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५५० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार सुनको भाउ लगातार चार दिनसम्म स्थिर रहेको छ ।

गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि लगातार सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको हो ।

तर, चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । साताको पहिलो कारोबार दिन भने १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्