बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन छावाला सुनको मूल्य वृद्धि भएको छ। लगातार चार दिनसम्म स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार १५० रुपैयाँ तोकिएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ४६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्